२० मंसिर २०८२, शनिबार | December 6, 2025

ट्यांकर चालक सहचालकलाई खोप लगाउने सहमति, इन्धन ढुवानीको अवरोध हट्यो



काठमाडौं । ट्यांकर चालकलाई कोरोना खोप लगाउने सहमति भएपछि पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ ।

ट्यांकर चालकहरुले कोरोना खोप लगाउन पाउनुपर्ने माग गर्दै आइतबारदेखि इन्धन ढुवानी नै ठप्प पारेका थिए ।

मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच वार्तामा चालकलाई भोलिदेखि नै खोप उपलब्ध गराउने सहमति भएको छ ।

सहमति अनुसार निगमले उपलब्ध गराएको पासका आधारमा बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ९०० जना ट्यांकर चालक र सहचालकलाई खोप लगाइनेछ । उनीहरुलाई बलम्बुस्थित एपीएफ अस्पतालमा खोप लगाइदिने सहमति भएको छ । यस्तै, अमलेखगन्जमा झण्डै १ हजार ४०० चालक सहचालकले खोप लगाउन पाउनेछन् ।

ट्यांकर चालक सहचालकहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरेर इन्धन ढुवानीको अवरोध हटाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ४६ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले