७ आश्विन २०८३, बुधबार | September 23, 2026

१२ जना पूर्वउपकुलपतिले भने – पदीय मर्यादा र विश्वविद्यालयको स्वायत्तता कामय राखियोस



काठमाडौं । विश्वविद्यालयका १२ जना पूर्व उपकुलपतिले प्रधानमन्त्री र मन्त्रीहरुलाई पदीय मर्यादामा बस्न आग्रह गरेका छन् ।

पूर्वउपकुलपतिले मंगलबार सामुहिक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्री र मन्त्रीहरुलाई विश्वविद्यालयको स्वायत्तताको सम्मान गर्न आग्रह गरेका छन् । उनीहरुले विश्वविद्यालय र चिकित्साशिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधिअनुसार काम गर्न दिन सरकारसँग माग गरेका छन् ।

पूर्वउपकुलपतिहरुले विश्वविद्यालय र चिकित्साशिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरुलाई आफ्ना नियकाहरुमार्फत विधिअनुसार काम गर्न दिन सरकारसँग माग गरेका छन् ।

झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन शिक्षामन्त्री र सरकारप्रमुखबाट विश्वविद्यालयको स्वयत्ततामाथि हस्तक्षेप भएको विज्ञप्तिमा आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धन दिनसक्ने कलेजेका संख्याको सीमिा नाघेर पूर्वाधार नै नपुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्साशिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एवं कानूनी राजको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिचाउनु ठूलो दुर्भाग्यको कुरा हो ।’

पूर्वउपकुलपतिहरुले डा. श्रीकृष्ण गिरीलाई गम्भीर धम्कीहरु आउन थालेको उल्लेख गर्दै विज्ञप्तिमा भनेका छन्, ‘कसैको पनि इमान्दारी र नैतिकतमाथिको चुनौतीरुवस्प भौतिक, मानसिक र शारीरिक यातना समन ागर्न परेमा त्यसबाट हुने कुनै पनि क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुनेछ ।’

विज्ञप्ति जारी गर्नेमा पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जङ्ग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्य छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : २८ बजे

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा