१७ माघ २०८२, शनिबार | January 31, 2026

लुम्बिनी प्रदेशको आगामी बजेट नीति ‘कोभिड फर्स्ट’



बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘कोभिड फर्स्ट’ नीति लिने भएको छ। आर्थिक वर्ष २०७८र७९ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले आगामी वर्षमा’कोभिड फर्स्ट’नीति लिने गरि बजेट बिनियोजन गरेको बताएका छन् । उनले कोरोना संक्रमितहरूको निशुल्क उपचार हुने र कोरोनाका बिरामीलाई प्राथमिकता दिन ‘कोभिड फर्स्ट’ नीति लिइने बताए।

उनले कोभिड संक्रमितको उपचारका लागि ४ निजी मेडिकल कलेजसँग समन्वय गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ। भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग समन्वय गरी जटिल प्रकृतिका बिरामीको पनि उपचार गरिने मन्त्री चौधरीले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा सरकारले कोभिड संक्रमितको उचपारमा खटिने स्वास्थ्यकर्मीहरूलाई ५० प्रतिशत भत्ता उपलब्ध गराइनेसमेत उल्लेख गरिएको छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ४१ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले