७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट (पूर्णपाठ सहित)



जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ ।

प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन ।

उनका अनुसार वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा संकलन भएको कुल निक्षेप मध्ये यस प्रदेशको ४।३ प्रतिशत योगदान रहेको छ ।

बजेट प्रस्तुत गर्दै मन्त्री यादवले सरकारले आन्तिरक ऋण एक अर्ब परिचालन गर्ने लक्ष्य लिएको र प्रदेश सरकारले हाल सम्म ऋण नलिएको उल्लेख गरे ।

चालु आर्थिक वर्षको जेठ २० गते सम्म संघीय सरकारबाट प्राप्त भएको वित्तीय समानीकरण अनुदान पाँच अर्ब २६ करोड ५० लाख, राजस्व बाँडफाँटबाट ५ अर्ब ९८ करोड २४ लाख, संघीय सर्सत अनुदान वापत ५ अर्ब १० करोड ७५ लाख, विशेष अनुदान वापत १३ करोड ८३ लाख र समपुरक अनुदान बापत ९२ लाख प्राप्त भएको उनले बताए ।

आन्तिरक राजस्व परिचालन तर्फ ३ अर्ब २ कारेड १ लाख प्राप्त भएको उनले बताए । कुल विनियोजनाको ६२।५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

चालु ७२.३४ र पुँजीगत तर्फ ५२.६६ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश २ सरकारको बजेटको पूर्णपाठ यस्तो छ :-

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/बजेट-बक्तव्य-२०७८.pdf”]

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : २८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल