४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल-भारत मैत्री संघको सहयोग सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई



बुटवल । नेपाल भारत मैत्री संघ बेलहिया उप–शाखा, रुपन्देहीले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
कोभिड माहामारीको नियन्त्रणका लागि स्थानिय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका ६० जना विपन्न तथा मजदुरहरुको परिवारलाई खाध्यान्न वितरण गरिएको संघले जनाएको छ ।

नेपाल भारत सीमाक्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवार लाई दैनिकी चलाउन समस्या परेको खवर थाहापाएपछि केहि दिनको राहत सामाग्री वितरण गरिएको उप–शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमाल तथा विशिष्ट अतिथि मैत्री संघका धकधई उप–शाखाका अध्यक्ष बेचन कान्दुको आतिथ्यतामा खाध्यान्न वितरण गरिएको उप–शाखाका सल्लाकार सुरेन्द्र क्षेत्रीले जानकारी दिए ।

उप–शाखा बेलहियाका उपाध्यक्ष माधव शर्मा, कोषाध्यक्ष चण्द्रीकामणी त्रिपाठी, सल्लाहकारहरु दुर्गा क्षेत्री, पशुपती कान्दु, किशोर जोशी, सदस्यहरु एजाज वारिस, हरेराम कलवार, व्यवसायी राजेश जयसवाल लगाएले उपस्थित रहेको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको