१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बेलायतका नेपालीबाट भैरहवामा सहयोग



भैरहवा । बेलायतमा बसोबास गर्दै आएका यहाँका जिल्लाबासीले बिपन्न स्थानीयवासीलाई उपचार खर्च र खाद्य सामग्र उपलब्ध गराउँदै आएका छन् ।

मिर्गौलाको समस्या भएर उपचार गराइरहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाका २२ वर्षीय दुर्गा राना (अर्जुन), पाठेघरको अर्बुद्ध रोग (क्यान्सर) भई उपचाररत सिद्धार्थनगर–८ की मञ्जु राना र मिर्गौलासम्बन्धी समस्याबाट पीडित कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डेलाई पनि जनही २५ हजार हजार रुपैयाँ प्रदान गरिएको छ ।

स्थानीय युवा समाजसेवी ओमकुमार श्रेष्ठले भने, “बेलायतस्थित शर्मिला हिराचनको नेतृत्वमा स्थापना गरिएको ‘सिद्धार्थनगर भैरहवा परिवार समूह’ ले अतिविपन्न परिवारलाई सहयोगका लागि रकम सङ्कलन गरी सहयोग उपब्ध गराउँदै आएको हो ।”

बेलायमा रहेका ४१ नेपालीबाट प्राप्त चार लाखमध्ये तीन बिरामीलाई रु ७५ हजार प्रदान गर्नाका साथै अतिविपन्न परिवारलाई खाद्यान्न सामग्रीसमेत वितरण गरिएको थियो । पैँतालिस घरपरिवारलाई प्रति परिवार १५ केजी चामल, पाँच केजी चिउरा, पाँच केजी पिठो, प्याज, चिनी, तेल गरी रु दुई हजार १५० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

यसैगरी कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको समयमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज नामक शिक्षण अस्पतालमा उपचाररत बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क दुई छाक खाना खुवाइएकोे थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान