३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

बेलायतका नेपालीबाट भैरहवामा सहयोग



भैरहवा । बेलायतमा बसोबास गर्दै आएका यहाँका जिल्लाबासीले बिपन्न स्थानीयवासीलाई उपचार खर्च र खाद्य सामग्र उपलब्ध गराउँदै आएका छन् ।

मिर्गौलाको समस्या भएर उपचार गराइरहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाका २२ वर्षीय दुर्गा राना (अर्जुन), पाठेघरको अर्बुद्ध रोग (क्यान्सर) भई उपचाररत सिद्धार्थनगर–८ की मञ्जु राना र मिर्गौलासम्बन्धी समस्याबाट पीडित कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डेलाई पनि जनही २५ हजार हजार रुपैयाँ प्रदान गरिएको छ ।

स्थानीय युवा समाजसेवी ओमकुमार श्रेष्ठले भने, “बेलायतस्थित शर्मिला हिराचनको नेतृत्वमा स्थापना गरिएको ‘सिद्धार्थनगर भैरहवा परिवार समूह’ ले अतिविपन्न परिवारलाई सहयोगका लागि रकम सङ्कलन गरी सहयोग उपब्ध गराउँदै आएको हो ।”

बेलायमा रहेका ४१ नेपालीबाट प्राप्त चार लाखमध्ये तीन बिरामीलाई रु ७५ हजार प्रदान गर्नाका साथै अतिविपन्न परिवारलाई खाद्यान्न सामग्रीसमेत वितरण गरिएको थियो । पैँतालिस घरपरिवारलाई प्रति परिवार १५ केजी चामल, पाँच केजी चिउरा, पाँच केजी पिठो, प्याज, चिनी, तेल गरी रु दुई हजार १५० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

यसैगरी कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको समयमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज नामक शिक्षण अस्पतालमा उपचाररत बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क दुई छाक खाना खुवाइएकोे थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : ११ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी