१८ चैत्र २०८२, बुधबार | April 1, 2026

बाँकेमा यसवर्ष १ लाख ५० हजार नागरिक विपदमा पर्न सक्ने पूर्वानुमान्



नेपालगन्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो बर्षको विपद्काकारण २५ हजार घर परिवारका १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको सोमवार वसेको बैठकले मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभाबित हुने पनि अनुमान गरेको छ । बैठकले जिल्लाको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना २०७८ र मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना २०७८ लाई स्विकृत स्विकृत गर्दै बाढी र डुबानबाट हुने जोखिम कम गर्न सचेतना अभिबृद्धिका लागि बर्षा र बाढी सम्बन्धी सुचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न संचार माध्यमहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यसै गरी मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाँउपालिकाको कम्दी स्थित राप्ती नदिमा सवै सुरक्षा निकाय, पालिका रेडक्रसको सहभागितामा असार ११ गते विहान ११ वजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ ।

वाढीजन्य विपदबाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार सख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने, पालिका भित्र भएको विपदमा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने,विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदि तथा खोलामा पानीको सतह वढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने,पौडी खेल्ने जस्ता कार्यहरु रोक्ने निर्णय गरेको छ ।

अत्यावश्यक सामाग्री खानेकुरा,कपडा,औषधी,पानीहरुको आवश्यक भण्डारण गर्ने, महिला,बालबालिका,जेष्ठ नागरिक अपाङ्गता भई उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिने निर्णय गरेको छ । नजिकको नदी, नालामा पानीको वहावको सूचना लिई नदिको सतह बढेको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वताए ।

ज्ञवालीका अनुसार बाकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला ,किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ४३ बजे

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन