११ चैत्र २०८२, बुधबार | March 25, 2026

स्याङ्जाको भीरकोट नगरपालिका–३ आँधीखोलामा एक पुरुषको शव फेला



स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका-३ स्थित आँधीखोलामा बिहान एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।

आज बिहान ६ बजेतिर स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले शव निकालेका हुन् ।

अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने पुरुषको शवको सनाखत हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा ल्याइएको छ ।

आँधीखोला बढेर आएसँगै माथितिरबाट बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त ठाउँभन्दा माथिका आँधीखोला तथा सहायक खोला छेउछाउका बस्तीहरुमा पहिचानका लागि सूचना गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताए । रासस

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ५० बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग