६ पुस २०८२, आइतबार | December 22, 2025

कालीगण्डकीमा बाढी : बेनी बजारसहित तटीय क्षेत्रका बस्ती र बजार जोखिममा (फोटोफिचर)



म्याग्दी । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजीवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएको छ । नदीको किनार नजिक रहेको जेसिज भवनदेखि करिब एकसय मिटरमाथि सम्मको तटबन्ध नदी कटानका कारण भत्किएको छ । नदीले तटबन्ध भत्काएसंगै बजारतर्फ कटान गर्ने जोखिम बढेको छ ।

कालीगण्डकी नदीको कटानसँगै बेनी बजारको अस्पतालचोक, कालिपुल लगायतका क्षेत्र बाढीको चपेटामा परेका छन् । बजारमाथि अर्थुङ्गे गाउँबाट झरेको बाढीले सहज निकास नपाएपछि अस्पतालचोक र कालिपुल क्षेत्रको सडक र बसपार्क बाढीले पुरिएको छ ।

बाढीले बसपार्क क्षेत्रमा पार्किङ गरेर राखेका सवारी सधानहरुमा समेत क्षति पुयाउन थालेको छ । बेनी बजारसँगै मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार समेत नदी कटानको जोखिममा परेको छ । म्याग्दी नदीले बजार संरक्षणको लागि बनाएको तटबन्ध भत्काएर बजारतर्फ कटान गर्न थालेपछि बजार जोखिममा परेको छ । जिल्लाको सिंगा तातोपानी, गलेश्वर, पोखरेबगर, भुरुङ तातोपानी लगायतका नदीका तटीय क्षेत्रका बजार र बस्तीहरु नदी कटानको जोखिममा छन् ।

म्याग्दीमा बर्षाको कारण बाढी र पहिरोले सबै सडकहरु पूर्ण रुपमा बन्द भएका छन् । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् । पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गला गाउँपालिकाको तल्लो डडुवामा पहिरोबाट घरहरुमा क्षति पुगेको छ ।

पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन् । यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन् । मङ्गला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ ।

बर्षा नरोकिएको र नदीमा बहाब बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । नदीको तटिय क्षेत्रसँगै बाढी र पहिरोको जोखिममा रहेका स्थानीयबासीलाई सतर्कता अपनाउन अनुरोध गरिएको र प्रकोपका सुचनाहरु सम्बन्धीत निकायमा तत्काल दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

 

जेसिज भवनदेखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ ।

तटबन्धन भत्किएसँगै बेनी बजार कटानको उच्च जोखिममा परेको छ । यसैगरी बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : २२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको