११ चैत्र २०८२, बुधबार | March 25, 2026

कालीगण्डकीमा बाढी : बेनी बजारसहित तटीय क्षेत्रका बस्ती र बजार जोखिममा (फोटोफिचर)



म्याग्दी । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजीवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएको छ । नदीको किनार नजिक रहेको जेसिज भवनदेखि करिब एकसय मिटरमाथि सम्मको तटबन्ध नदी कटानका कारण भत्किएको छ । नदीले तटबन्ध भत्काएसंगै बजारतर्फ कटान गर्ने जोखिम बढेको छ ।

कालीगण्डकी नदीको कटानसँगै बेनी बजारको अस्पतालचोक, कालिपुल लगायतका क्षेत्र बाढीको चपेटामा परेका छन् । बजारमाथि अर्थुङ्गे गाउँबाट झरेको बाढीले सहज निकास नपाएपछि अस्पतालचोक र कालिपुल क्षेत्रको सडक र बसपार्क बाढीले पुरिएको छ ।

बाढीले बसपार्क क्षेत्रमा पार्किङ गरेर राखेका सवारी सधानहरुमा समेत क्षति पुयाउन थालेको छ । बेनी बजारसँगै मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार समेत नदी कटानको जोखिममा परेको छ । म्याग्दी नदीले बजार संरक्षणको लागि बनाएको तटबन्ध भत्काएर बजारतर्फ कटान गर्न थालेपछि बजार जोखिममा परेको छ । जिल्लाको सिंगा तातोपानी, गलेश्वर, पोखरेबगर, भुरुङ तातोपानी लगायतका नदीका तटीय क्षेत्रका बजार र बस्तीहरु नदी कटानको जोखिममा छन् ।

म्याग्दीमा बर्षाको कारण बाढी र पहिरोले सबै सडकहरु पूर्ण रुपमा बन्द भएका छन् । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् । पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गला गाउँपालिकाको तल्लो डडुवामा पहिरोबाट घरहरुमा क्षति पुगेको छ ।

पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन् । यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन् । मङ्गला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ ।

बर्षा नरोकिएको र नदीमा बहाब बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । नदीको तटिय क्षेत्रसँगै बाढी र पहिरोको जोखिममा रहेका स्थानीयबासीलाई सतर्कता अपनाउन अनुरोध गरिएको र प्रकोपका सुचनाहरु सम्बन्धीत निकायमा तत्काल दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

 

जेसिज भवनदेखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ ।

तटबन्धन भत्किएसँगै बेनी बजार कटानको उच्च जोखिममा परेको छ । यसैगरी बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : २२ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग