६ पुस २०८२, आइतबार | December 22, 2025

उपचारका लागि दिल्ली जानुअघि झलनाथको अपील : अहंकार र बदलाभाव त्यागेर पार्टी फुटबाट जोगाऔं



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर  पार्टीका बैधानिक प्रकृया अन्तर्गत पार्टी फुटबाट जोगाउन आग्रह गरेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि भारतको राजधानी दिल्ली जानु अघि प्रेस विज्ञप्ति निकाल्दै नेता खनालले पार्टीलाई फुटतर्फ नधकेलेर धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र नेपाली कम्युनिष्ट आन्दोलनले सफलता पाउने बताएका छन् ।

उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा देश बाहिर उपचार जान लागेको जानकारी दिँदै नेता खनालले देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफुलाई धेरै चिन्तित बनाएको उल्लेख गरेका छन् ।

उनले राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएको उल्लेख गर्दै अन्तर संघर्षको पराकम्पन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै नेकपा (एमाले) मा परिरहेको बताएका छन् ।

नेता खनालले राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र बिग्रह हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था भएको समेत बताएका छन् । ‘देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ ।’ उनले भनेका छन् , – ‘हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।’

उनले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढ्न सबैलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ५९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको