१८ चैत्र २०८२, बुधबार | April 1, 2026

छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न निर्देशन दिएकी छन । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो निर्देशन दिएकी हुन।

मन्त्री चौधरीले परिषदबाट मन्त्रालय फाइल पठाउदा आबश्यक फाइल मात्र पठाउन निर्देशन दिइन । उनले नवीकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नवीकरण हुन नआएको खण्डमा संस्था खारेज गर्नुपर्ने बताइन । तीन बर्षसम्म नवीकरण नहुने संघ संस्था खारेज हुने नीति नियम बनाउन परिषद्लाई निर्देशन समेत दिइन ।

मन्त्री चौधरीले परिषद्लाई काम गर्न सहज बताबरण बनाउन मन्त्रालय पुर्ण तयार रहेको बताउँदै परिषद् पनि सोही अनुसार तदारुकताका साथ काम गर्नु पर्ने बताइन ।

कोभिड १९ महामारीको बेला संघ संस्था मार्फत राहत सामाग्री बितरणको तथ्यांक ब्यबस्थापन राम्ररी हुन नसकेको भन्दै तथ्यांक अपडेट गरी प्राथमिकिकरण गर्न परिषद्का पदाधिकारीहरुलाई मन्त्री चौधरीले निर्देशन गरिन ।

उनले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि मन्त्रालय अन्तर्गत कम्तीमा ५ वटा नमुना काम गर्नमा आफ्नो जोड रहेको बताइन् ।

मन्त्री चौधरीले बुधबारै परिषदको अध्यक्षको पदभार ग्रहण गरेकी छिन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री समाज कल्याण परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ ।

सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयका सचिवको समेत उपस्थितिमा परिषद्का सदस्य सचिवले बिस्तृत प्रस्तुतिकरण गरेका थिए ।

परिषद अन्तर्गत करिब ५२ हजार रास्ट्रीय सामाजिक संस्था आबद्ध रहेका छन भने करिब २ सय अन्तर्राष्ट्रिय संस्थाहरुको आबद्धता रहेका छन । बर्षेनि करिव ४० अर्व रुपैयाँ बराबरको वैदेशिक सहयोगको रुपमा भित्रीने गरेको परिषदले जनाएको छ ।

परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाको नवीकरणसँगै अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दै आएका छन ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ५४ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज