१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मन्त्री चौधरीद्वारा महिला बालबालिका विभागका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागले ब्रिफिङ गरेको छ ।

बुधबार पुल्चोकस्थित विभागको कार्यालयमा विभागका निर्देशक दुर्गा देवी देवकोटा पौडेलले एक कार्यक्रमको बीच विभागको गतिविधिबारेमा जानकारी गराएकी छिन् ।

निर्देशक पौडेलले विभागको औचित्य, चुनौती, अवसर र विगतदेखि गर्दै आएका गतिविधिका बारेमा जानकारी गराएकी हुन् ।

त्यसक्रममा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराए । परिषद्को अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था रहेको छ । त्यसक्रममा मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गरेकी थिइन ।

त्यसअवसरमा मन्त्री चौधरीले विभागबाट प्रदान गरिदै आएको सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य सम्पदान गर्न निर्देशन दिइन । चौधरीले विभागअन्तर्गत वेरुजुको विकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट प्रयाप्त नहुने भन्दै प्रदेस, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उनले जोड दिइन ।

घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिती अझै पनि पुर्न रुपमा बनिनसकेको दुखदायी अबस्थाको अनुभव आफुले गरेको भन्दै उनले त्यसका लागि विभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नुपर्ने बताइन् ।

उक्त अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङ र मन्त्रालयका सचिव यमकुमारी खतिवडाको समेत सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ४ : ४७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना