७ आश्विन २०८३, बुधबार | September 23, 2026

मन्त्री चौधरीद्वारा महिला बालबालिका विभागका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागले ब्रिफिङ गरेको छ ।

बुधबार पुल्चोकस्थित विभागको कार्यालयमा विभागका निर्देशक दुर्गा देवी देवकोटा पौडेलले एक कार्यक्रमको बीच विभागको गतिविधिबारेमा जानकारी गराएकी छिन् ।

निर्देशक पौडेलले विभागको औचित्य, चुनौती, अवसर र विगतदेखि गर्दै आएका गतिविधिका बारेमा जानकारी गराएकी हुन् ।

त्यसक्रममा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराए । परिषद्को अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था रहेको छ । त्यसक्रममा मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गरेकी थिइन ।

त्यसअवसरमा मन्त्री चौधरीले विभागबाट प्रदान गरिदै आएको सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य सम्पदान गर्न निर्देशन दिइन । चौधरीले विभागअन्तर्गत वेरुजुको विकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट प्रयाप्त नहुने भन्दै प्रदेस, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उनले जोड दिइन ।

घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिती अझै पनि पुर्न रुपमा बनिनसकेको दुखदायी अबस्थाको अनुभव आफुले गरेको भन्दै उनले त्यसका लागि विभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नुपर्ने बताइन् ।

उक्त अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङ र मन्त्रालयका सचिव यमकुमारी खतिवडाको समेत सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ४ : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई