८ बैशाख २०८१, शनिबार | April 20, 2024

छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न निर्देशन दिएकी छन । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो निर्देशन दिएकी हुन।

मन्त्री चौधरीले परिषदबाट मन्त्रालय फाइल पठाउदा आबश्यक फाइल मात्र पठाउन निर्देशन दिइन । उनले नवीकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नवीकरण हुन नआएको खण्डमा संस्था खारेज गर्नुपर्ने बताइन । तीन बर्षसम्म नवीकरण नहुने संघ संस्था खारेज हुने नीति नियम बनाउन परिषद्लाई निर्देशन समेत दिइन ।

मन्त्री चौधरीले परिषद्लाई काम गर्न सहज बताबरण बनाउन मन्त्रालय पुर्ण तयार रहेको बताउँदै परिषद् पनि सोही अनुसार तदारुकताका साथ काम गर्नु पर्ने बताइन ।

कोभिड १९ महामारीको बेला संघ संस्था मार्फत राहत सामाग्री बितरणको तथ्यांक ब्यबस्थापन राम्ररी हुन नसकेको भन्दै तथ्यांक अपडेट गरी प्राथमिकिकरण गर्न परिषद्का पदाधिकारीहरुलाई मन्त्री चौधरीले निर्देशन गरिन ।

उनले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि मन्त्रालय अन्तर्गत कम्तीमा ५ वटा नमुना काम गर्नमा आफ्नो जोड रहेको बताइन् ।

मन्त्री चौधरीले बुधबारै परिषदको अध्यक्षको पदभार ग्रहण गरेकी छिन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री समाज कल्याण परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ ।

सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयका सचिवको समेत उपस्थितिमा परिषद्का सदस्य सचिवले बिस्तृत प्रस्तुतिकरण गरेका थिए ।

परिषद अन्तर्गत करिब ५२ हजार रास्ट्रीय सामाजिक संस्था आबद्ध रहेका छन भने करिब २ सय अन्तर्राष्ट्रिय संस्थाहरुको आबद्धता रहेका छन । बर्षेनि करिव ४० अर्व रुपैयाँ बराबरको वैदेशिक सहयोगको रुपमा भित्रीने गरेको परिषदले जनाएको छ ।

परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाको नवीकरणसँगै अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दै आएका छन ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ५४ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा