११ चैत्र २०८२, बुधबार | March 25, 2026

बाढीले मेलम्ची करिडोर तहसनहस



काठमाडौं । वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ । पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन् ।

मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मंगलबार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति पु¥याएको छ । बाढीले बगाएका एक पुरुषको शब बुधबार इन्द्रावती नदीमा भेटिएको प्रहरीले जनाएको छ । ती पुरुषको पहिचान खुल्न सकेको छैन । बाढीमा २० जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै विभिन्न ठाउँबाट ७० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश नेपालका अनुसार बाढीमा बेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका माधव भण्डारी (३१), गणेश ज्योति (४२), टीकामाया खड्का (६२), ज्ञानेन्द्र कक्षपति (५५), श्यामा तामाङ (५०), उनकी पत्नी र चौतारा साँगाचोकगढी नगरपालिका-६ का सुरेन्द्र नेपाल (२३) छन् ।

खड्का किउलस्थित भण्डारी रिसोर्टकी कामदार र कक्षपति ट्राउट माछा व्यवसायी हुन् । बेपत्ता भएका अन्य आठजनामा मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कामदार रहेको जानकारी डिएसपी नेपालले दिए । बेपत्ता कामदारमा तीनजना चिनिया, तीनजना भारतीय र दुईजना नेपाली छन् ।

उनीहरूले मेलम्ची आयोजनाको मुहानस्थल हेलम्बुको अम्बाथानस्थित क्याम्पमा बसेर बाँध बनाउने काम गर्थे । ठेकेदार कम्पनीले हराएका कामदारको खोजी गरिदिन स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । शुक्रबार साँझबाटै उनीहरू हराइरहेको प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : ५५ बजे

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी, दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह