१८ माघ २०८२, आइतबार | February 1, 2026

कोपा अमेरिका : कोलम्बिया भेनेजुएलासँग बराबरीमा रोकियो



काठमाडौं । कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न खेलमा कोलम्बिया भेनेजुएलासँग बराबरीमा रोकिएको छ ।

स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’ए’ को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका हुन् ।

खेल आफ्नो नियन्त्रणमा राख्दै पूरा समय भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बियाले गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए ।

आफ्नो पहिलो खेलमा इक्वेडरमाथि जित हात पारेको कोलम्बियाको २ खेलबाट ४ अंक पुगेको छ भने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिलसँग पराजित भेनेजुएलाको १ अंकमात्र छ ।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ । दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : ११ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३