७ आश्विन २०८३, बुधबार | September 23, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा विश्वासको मत हासिल



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् ।

गण्डकी प्रदेशसभामा शुक्रबार भएको मतदानमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत हासिल गरेका हुन् । पोखरेलको पक्षमा ३१ मत परेको छ । विपक्षमा २७ मत परेको छ ।

पोखरेललाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाले मतदान गरेका छन् । यस्तै, सत्ताबाहिरबाटै सरकारलाई सघाएको राष्ट्रिय जनमोर्चाका दुई सांसदले पनि विश्वासको मत हासिल गरेका छन् ।

विपक्षमा प्रतिपक्षी नेकपा एमालेका २७ सांसदले मात्र मतदान गरेका छन् । राष्ट्रिय जनमोर्चाका एक सांसदको पद खारेज भएसँगै गण्डकी प्रदेशसभामा हाल ५९ जना सांसद छन् ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिएका हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को उपधारा ५ बमोजिम पोखरेललाई जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : २९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई