११ चैत्र २०८२, बुधबार | March 25, 2026

सिन्धुपाल्चोकमा बाढी : दुईवटा स्कूल र हेलम्बुको प्रहरी चौकी बगायो



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा शुक्रबार राति फेरि आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको छ ।

गत मंगलबारबाट निरन्तर आइरहेको बाढी शुक्रबार राति पुनस् बढेसँगै जोगिएका संरचना बगाउन थालेको हो । शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको हो ।

हेलम्बु गाउँपालिकाअन्तर्गत ग्यालथुमको इस्ट पोइन्ट एकेडेमी पनि बाढीले बगाएको छ भने तालामाराङको तेस्रे माविको धेरै भाग बाढीले बगाएको छ । त्यस्तै मेलम्ची खोलामा आएको बाढी हेलम्बुको चनौटे बजारमा रहेको रातो पुलमा क्षति पुर्‍याएको छ । मंगलबारको बाढीले जोगिएका संरचना बगाउने र जमिन कटान गर्न थालेसँगै स्थानीय थप त्रसित बनेका छन ।

मंगलबार बाढीले जोगिएको हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको छ भने मेलम्ची बजारसहितको क्षेत्रमा शुक्रबारको बाढीले पनि थप कटान गरेको हो । मेलम्चीको पुरानो बजारमा केन्द्र बनाएर अहिले इन्द्रावती नदी बगिरहेको छ । मेलम्ची र इन्द्रावती नदी तटिय क्षेत्रका कयौं घरहरु बगेका छन् भने सग्ला रहेका घरहरुमा बालुवा र लेदो भरिएको छ ।

खेतहरु बगरमा परिणत भएका छन । मेलम्ची र हेलम्बु क्षेत्रका अधिकांश पुल, रिसोर्ट, ट्राउट सेन्टर, फार्महरुको नदीले बगाएको छ । बजार क्षेत्रका घरहरुमा तीन तलासम्म बालुवाले पुरिएका छन ।

बाढीले सबैभन्दा बढी प्रभावित बनेको हेलम्बु गाउँपालिका बनेको छ । बाढीले भौतिक संरचनासहित मानवीय क्षतिसमेत भएको छ । मेलम्ची-इन्द्रावती नदीमा आएको बाढीका कारण २० जना बेपत्ता भएकामध्ये १२ जना हेलम्बु गाउँपालिकाका छन ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ५२ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई