६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेस महाधिवेशनमा देउवाले सभापतिमा उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी कार्यकालका लागि पनि सभापति बन्ने ईच्छा जाहेर गरेका छन् ।

आफु निकट केन्दीइ सदस्यहरुसँग कुरा गर्दै देउवाले कांग्रेसको भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने बताएका हुन् । कांग्रेु केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशको कार्यतालिका परिमार्जन गरेको गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर समापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

शनिबार बिहान प्रदेश नम्बर १ का केन्द्रीय सदस्यहरुसँग बूढानिलकण्ठमा छलफल गर्दै देउवाले आफू सभापतिमा दोहोरिने बताएका हुन् ।“संसोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । देउवाको भनाइ उदृत गर्दै देउवा निवास पुगेका एक केन्द्रीय सदस्यले भने ।

साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको ती केन्द्रीय नेताले बताए ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्र बहादुर कार्की, मीना विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा।डिला संग्रौला, सुजता परियारलगायत सहभागी थिए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : १० बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र