१५ बैशाख २०८१, शनिबार | April 27, 2024

दलको नेतृत्वमा आएको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण : डा.बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, कम्युनिस्ट र समाजवादीलाई रूपान्तरण गर्ने आँट गर्नुपर्ने बताएका छन् । उनले आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट नगर्ने हो भने समयले कसैलाई नपर्खने चेतावनी समेत दिएका छन् ।

आइतबार बिहान ट्विट गर्दै भट्टराईले राजनीति, दल र नेतृत्वमा आएको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण भएको दाबी समेत गरेका छन् । उनले टाउकाको ओखती नाइटामा लगाएर नहुने डा. भट्टराईको तर्क छ ।

‘भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले ट्विटमा लेख्छन्,- ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु, समाजवादी ‘समाजवादी’नरहन, ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं १ नत्र समयले कसैलाई पर्खन्न है !’

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : २१ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा