६ पुस २०८२, आइतबार | December 21, 2025

भेरी अस्पतालमा बन्द अवस्थामा रहेको न्यूरो विभाग १ साता भित्र संचालनमा आउने



नेपालगन्ज । दरबन्दी भएर पनि मन्त्रालयले विषगत चिकित्सक नपठाएका कारण बन्द रहेको नेपालगन्ज स्थित भेरी अस्पतालको न्यूरो उपचार सेवा सुरु हुने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा लामो समयदेखि दरबन्दी अनुसार न्यूरो विभागका चिकित्सक नहुँदा सेवा बन्द अवस्थामा रहेको विभागमा मन्त्रालयले न्यूरोलोजिष्ट पठाउने भएपछि सेवा सुचारु गर्न थालिएको हो ।

भेरी अस्पतालका लागि मन्त्रालयले टिचिङबाट न्यूरो सर्जरी सकेर पास आउट भएका डा.हेमन्त कुमार शाहलाई अनिवार्य छात्रबृत्ती करार अन्तर्गत नेपालगन्जमा पदस्थापन गरेको छ । न्यूरो विभागका सम्बन्धित चिकित्सक आउने भएपछि एक हस्ता भित्रै सेवा संचालन गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

यसअघि न्यूरो सर्जन डा. हरि पौडेल २०७६ साल पुसमा पठाएपछि भेरीमा पहिलो पटक न्यूरो सेवा सुरु भएको थियो । तर डा. पौडेलको ११ महिना पुरा नहुँदै गत मंसिर महिनामा धनगढी सरुवा गरिएपछि न्यूरो सेवा बन्द भएको थियो ।

लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र सहित कर्णाली र सुदुरपश्चिमको रिफर अस्पतालकारुपमा सेवा दिईरहेको अस्पतालमा न्यूरो विभाग नहुँदा दुर्घटना हुँदा र अन्य विविध कारणले टाउकोमा चोटपटक लागेर उपचारका लागि नेपालगन्ज आउने बिरामीहरु निजी अस्पताल वा भारतको लखनउ जान बाध्य थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ३९ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको