१९ बैशाख २०८१, बुधबार | May 1, 2024

गृहमन्त्री र सातै प्रदेशका आन्तरिक मामिलामन्त्रीबीच छलफल



काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग छलफल गरेकाछन् ।

सिंहदरबारमा जारी बैठकमा विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल भएको छ । गृहमन्त्री अधिकारीले प्रदेशका मन्त्रीहरूसँग यस विषयमा राय मागेका छन्

मनसुन सुरूभएसँगै देशभर बाढीपहिरोको प्रकोप बढेको छ । सिन्धुपाल्चोकको मेलम्ची, मनाङ लगायतका स्थानमा बाढीपहिरोको प्रकोपले जनधनको क्षति गरेको छ भने तराईका जिल्लामा डुवान र कटान बढ्दो छ ।

गृहमन्त्री अधिकारीले कार्तिक-मंसिरमा घोषणा गरिएको निर्वाचन सुरक्षाको विषयमा आन्तरिक मामिलामन्त्रीहरूको सुझाव मागेका छन् । तर एमालेको नेतृत्व भन्दा अलग रहेका प्रदेश २, गण्डकी, कर्णाली र सुदुरपश्चिमका मन्त्रीहरूले भने चुनाव हुने बिषय नै सन्देहमा रहेको बताएका छन् । प्रतिनिधिसभा विघटन विरूद्ध सर्वोच्च अदालतमा मुद्धा विचाराधीन छ ।

बैठकमा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १ : ४९ बजे

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन