१८ माघ २०८२, आइतबार | February 1, 2026

कपिलवस्तुको बाख्रा गोठबाट बन्दुक, गोली र बारुद बरामद



कपिलवस्तु । कपिलवस्तुमा बाख्राको गोठबाट प्रहरीले ठुलो परिमाणमा गोली र बारुद बरामद गरको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिका –८ लोहरौलाबाट प्रहरीले बन्दुक, गोली र बारुद बरामद गरको हो ।

कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीन सय ग्राम बारुद जस्तो देखिने कालो धुलो, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने तीन वटा जाल प्रहरीले बरामद गरेको हो ।

हातहतियार लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्ज र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा हातहतियार बरामद गरेको हो ।

उक्त घरका मुली अस्लम मुसलमानको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै सुनसरी, बराह क्षेत्र नगरपालिका २ तेह्रअर्डीको विश्वकर्मा मन्दिर नजिकै झाडीमा बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ३३ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक