११ बैशाख २०८१, मंगलबार | April 23, 2024

देउवाले आज पनि केन्द्रीय सदस्यहरुलाई भेट्दै, महाधिवेशनमा सहयोगको याचना



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरुसँगको भेटघाटलाई निरन्तरता दिने भएका छन् ।

आगामी महाधिवेशनमा पुनः सभापतिमा उठ्न लागेका देउवाले आज तीन वटा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग भेट गर्न लागेका हुन् । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९सम्म हुने मिति तय भएको छ ।

गत शनिबारदेखि केन्द्रीय नेताहरुसँग भेटघाट गरिरहेका देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्नेछन् । सबै केन्द्रीय सदस्यहरुलाई देउवाले आफ्नो निवास बुढानिलकण्ठ बोलाएका छन् । भेटघाटमा देउवाले आफुलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

देउवाले आइतबा बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए । यस्तै शनिबार प्रदेश १ र २ का आफु निकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए। आफ्नो समुहबाट विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले समेत सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि देउवा दबाबमा परेका छन् ।

केन्द्रीय नेताहरुसँगको भेटमा देवाले अझै एक कार्यकाल पार्टीको नेतृत्व आफुले गर्ने बताउँदै सहयोगको आग्रह गरेका छन् । देउवाले आफु निकट सबै केन्द्रीय सदस्यहरुसँग छलफल गरेपछि उनीहरुको सुझावलाई समेत मनन गर्दै थप रणनीति बनाउन लागेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : २५ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा