योगको सुरुवात नेपालबाट भएको हो, त्यतिबेला भारत भन्ने देशै थिएन : प्रधानमन्त्री ओली

खबर कुरा
७ असार २०७८, सोमबार
                 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको प्रादुर्भाव नेपाली भूमिबाटै भएको दाबी गरेका छन् ।

सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आफ्नै निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले योगको उत्पत्ति भारतमा नभएर नेपालमा भएको दाबी गरेका हुन् ।

ओलीले योगको सुरुवात भएको समयमा भारत भन्ने देश नै नभएको जिकिर गरे । उनले भने, ‘योगको उत्पत्ति नेपाल वा उत्तराखण्डमा भएको हो । त्यही भनिनुपथ्र्यो । त्यो समयमा भारत भन्ने देश नै थिएन । राजा रजौटा र ससाना राज्यहरु मात्र थिए ।’

नेपालले योगको चर्चा गर्न नसकेको उनले स्वीकार गरे । योगको अन्तराष्ट्रियकरण गर्न नसक्दा नेपाल पछि परेको उनले बताए ।

प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताए । ओलीले मानवको शारीरिक स्वास्थ्य मात्र होइन मात्र होइन समाजलाई साँस्कृतिक, नैतिक र चारित्रक रुपले सबल राख्न समेत योग आवश्यक रहेको धारणा राखे ।

प्रधानमन्त्री ओलीले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेको समेत बताउनुभयो । ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड १९ त एक डेढ वर्षमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारीले चल्यो भने कयौ पिढीँसम्म दुख्ख पाइनेछ’, उनले भने ।
अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल हेरिनसक्नुका हुन्छ । सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले हामी असभ्यताको फागु खेलिरहेका छौं । योगाभ्यासले यो साँस्कृतिक अधपतन रोक्नुपर्छ ।’

हामीले ‘भत्किएको धरहरा त दुई वर्षमै बनायौं तर साँस्कृतिक धरहरा भत्कियोे भनेदुई पुस्ता वित्दा पनि बनिसक्दैन, ओलीले भने, ‘त्यसकारण योग गुरुहरुले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्छ ।’

योगका आठ अंगहरु मध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो कुरा पहिलो सत्य प्रतिको निष्ठा र असत्यलाई अस्वीकार गर्नु भएको उनको भनाइ थियो । ‘सत्यमा अडिग रहु । सत्यको निष्ठा पुर्वक पालना गर असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यस विरुद्ध लड । यमले सही भन्छ’, ओलीले भने । योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्तिलाई परित्याग गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राखे ।

आफ्नो वैधानिक र न्यायिक दावी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने धारणा उनले राखे ।

अब योग सम्बन्धित प्रोटोकल बनाउने र त्यसको परिणाम समेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको भनाई पनि ओलीको भनाइ थियो । यसका लागि पाठ्यत्रममा योग शिक्षा राख्ने र योग विद्यालय स्थापना पढाउ गर्ने तथा सिकाउने अभ्यास गर्नुपर्ने धारणा उनले राखे ।

योगसम्बन्धी उत्प्रेरणा जगाउन कहिले काहीँ सबै खालका मानिसलाई हुने योग शिविर चलाई पनि खासमा शारीरिक अवस्था र उमेर मात्र होइन व्यक्ति अनुसारका आशन सिकाउनु पर्ने ओलीले बताए । अज्ञानतावश गलत अभ्यास गरियो भने दुर्घटना हुन्छ । शास्त्रले गुरु विनाको शिक्षा वर्जित त्यसै गरेको होइन, ओलीले भने ।

योगको विकासका लागि योग साधकहरुसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले बताए ।

‘योग फर वेल विइङ’को नारासहित विश्वभर आज अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*