१ कार्तिक २०८३, शनिबार | October 17, 2026

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

राति तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, शनिबार  ७ : २३ बजे

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

काठमाडौं । ओमानमा जारी आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत