६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल प्रहरीका १६ डिआईजीको सरुवा, सिआईबीमा धीरज प्रताप सिंह (सूचीसहित)



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।

सोमबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा रहेका अरुण कुमार बीसी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका उमेश रन्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा रहेका उत्तमराज सुवेदीको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ ।

यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा धीरज प्रताप सिंहको सरुवा गरिएको छ । यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए । बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ ।

को कहाँ भए सरूवा ? (सूचीसहित)

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : १६ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल