२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल समूह ‘सी’ : नेदरल्याण्ड्स र अष्ट्रिया अन्तिम १६ मा, युक्रेनको झिनो सम्भावना कायमै



काठमाडौं । नेदरल्याण्ड्स र अष्ट्रिया १६औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको अन्तिम खेलमा नेदरल्याण्ड्स नर्थ म्यासेडोनियालाई र अष्ट्रिया युक्रेनलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन ।

एक खेल बाँकी छदै अन्तिम १६ मा स्थान पक्का गरिसकेको डच टोलीले नर्थ म्यासेडोनियामाथि ३-० को सहज जित निकालेको हो । घरेलु मैदान योहान क्रुएफ एरिनामा भएको खेलमा डच टोलीका लागि कप्तान जर्जिनियो वाइनाल्डमले दुई तथा मेम्फिस डिपाएले एक गोल गरे ।

खेलको १० औं मिनेटमा इभान ट्रिकोभ्स्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । कप्तान गोरान पाण्डेभले स्टेफन रिस्टोभ्स्कीको पासमा ट्रिकोभ्स्की गोल गरेपनि भीएआरले अफसाइड दियो ।

२४ औं मिनेटमा डोनेल मालेनले काउन्टर अट्याकमा मिलाइदिएको पासमा मेम्फिस डिपाएले गोल गर्दै डच टोलीलाई १-० को अग्रता दिलाए । ५१ औं मिनेटमा कप्तानवाइनाल्डमले गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका मेम्फिस डिपाएको पासमा ६ यार्ड भित्रबाट सहज गोल गरेका थिए ।

५८ औं मिनेटमा कप्तान वाइनाल्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै डच टोलीलाई ३-० ले अघि बढाए । डिपाएले दिएको पासलाई वाइनाल्डमले गोलको दिशा देखाएका थिए ।

७३ औं मिनेटमा इनिस बार्दीको पासमा डार्को चुर्लिनोभले गोल गरेका थिए । तर, भिएआरले उनलाई उनी अफसाइड पोजिसनमा देखाउँदा म्यासेडोनियाले गोल अन्तर कम गर्न सकेन ।

अष्ट्रिया पनि अन्तिम १६ मा

बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अष्ट्रियाले युक्रेनलाई १-० ले पराजित गरेको हो ।

क्रिस्टोफ बाउमगार्टनरले पहिलो हाफमा गरेको गोलमा अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

खेलको २१ औं मिनेटमा कप्तान डेविड अलाबाको पासमा बाउमगार्टनरले गोल गरेका थिए । अलाबाले प्रहार गरेको कर्नरमा बाउमगार्टनरले गोल गर्न गरेका थिए ।

यारेमचुकले इन्ज्युरी समयमा गरेको गोल अफसाइड ठहर भएपछि युक्रेनको सम्भावना सकिएको थियो । समूह ‘सी’ मा डच टोलीले ३ खेलबाट ९ अंक जोड्यो । नर्थ म्यासेडोनिया अंकविहीन हुँदै समूह चरणबाट बाहिरियो ।

यो समूहबाट अष्ट्रियाले ६ जोडदै समूह उपविजेताको रुपमा पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । यता, ३ अंक जोडेको युक्रेनको उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढ्ने झिनो सम्भावना छ । सोमबार भएको खेलमा अष्ट्रियाले युक्रेनलाई १-० ले पराजित गरेको हो ।

अष्ट्रियाले अब अन्तिम १६ मा इटालीको सामना गर्नेछ । इटाली समूह ‘ए’ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ३० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल