७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कोपा अमेरिका : उरुग्वेसँग बराबरीमा रोकियो चिली



काठमाडौं । कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न समूह ’ए’ को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन ।

ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ गोलको बराबरीमा रोकिएका हुन ।

खेलको २६औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा अग्रता बनाएपनि चिलीले खेल जित्न सकेन । पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि दोस्रो हाफमा चिलीका आर्टुरो भिडालको आत्मघाती गोलले उरुग्वे र चिली १-१ को बराबरीमा रोकिए ।

बराबरीसँगै ३ खेलबाट ५ अंक जोडेको चिली समूह ’ए’ को शीर्षस्थानमा छ । त्यस्तै ४ अंक जोडेको अर्जेन्टिना दोस्रोमा, ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहँदा १ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ। त्यस्तै जितविहीन बोलिभिया तालिकाको पुछारमा छ ।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ । दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्नेछन ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ३१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल