१ कार्तिक २०८३, शनिबार | October 17, 2026

एमाले एकता अझै अन्यौलमा, अन्तिमसम्म प्रयास गर्ने नेताहरुको भनाई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुटेका छन । सहमतीय अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको भनाई छ ।

विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने मागसहित गत जेठ १० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो रिटमाथि असार ९ गते बुधबारदेखि वहस शुरु हुँदैछ ।

विपक्षी गठबन्धनमा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका पूर्व सांसदले समेत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग पत्रमा हस्ताक्षर गरेका छन् ।

एमाले एकतालाई कायम राख्न नेता नेपाल पक्षका पूर्व सांसदहरुले सर्वोच्चमा बहस शुरु हुनुअघि नै हस्ताक्षर फिर्ता लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको माग छ ।

सर्वोच्चको बहसपछि अनपेक्षित फैसला आउन सक्ने सम्भावना देखेरै पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीले २०७५ जेठ २ कै अवस्थामा एमालेको सबै निकाय क्रियाशील गराउने प्रस्ताव राखेका छन । आजको गोरखापत्र दैनिकमा लक्की चौधरीले लेखेका छन ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : १० बजे

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित