६ पुस २०८२, आइतबार | December 22, 2025

कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

कामचलाउ प्रधानमन्त्रीले पटकपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका भन्दै परेको रिटमाथि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र न्यायाधीस प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा सुनसवाइ हुन लागेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसयायीले मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। रिट निवेदकले कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु असंवैधानिक भएको दाबी गर्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले जेठ १५ गते मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन विपक्षीलाई आदेश दिएको थियो ।

इजलासले पुनर्गठन विरुद्ध अन्तरिम आदेश जारी गरेमा पछिल्लोपटक गरिएको पुनर्गठन रद्ध हुनेछ । यसअघि सांसदबाट मुक्त भएका सात जना मन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चले बदन गरेको थियो । त्यसपछि माओवादी दल त्याग गरेर एमाले प्रवेश गरेर मन्त्री बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा तामाङको मन्त्रीपद गुमेको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ११ : २३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको