७ आश्विन २०८३, बुधबार | September 23, 2026

जेष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका जेष्ठ नागरिकहरुले दोस्रो डोज खोप तत्काल लगाउन पाउनुपर्ने भन्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।

पहिलो डोज खोप लगाएका दुई जना जेष्ठ नागरिकले सोमबार दोस्रो डोज खोप लगाउन पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरीले सरकार विरुद्ध रिट दायर गरेका थिए । गत फागुनमा पहिलो डोज लगाएका उनीले चार महिना वित्दा पनि दोस्रो डोज खोप लगाउन नपाएपछि सर्वोच्चको शरणमा पुगेका थिए ।

भारतबाट ल्याइएको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षमाथिका साढे १३ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाले ८ देखि १२ हप्तासम्म दोस्रो डोज लगाइसक्नुपर्छ । निर्धारित समयमा दोस्रो डोज लगाउन ढिला हुन गएमा पहिलो डोजले मात्र काम गर्न सक्दैन । त्यतिबेला पहिलो डोज निस्प्रभावि बन्छ । तर, जेष्ठ नागरिकले पहिलो डोज लगाएको १२ हप्ता कटिसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई