४ असार २०८२, बुधबार | June 18, 2025

प्रधानमन्त्री देउवाद्वारा बालबालिकालाई दिइने टाइफाइड विरुद्धको खोप अभियान उद्घाटन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइने खोपको उद्घाटन गरेका छन् ।

काठमाडौंको दरबार हाइस्कूलमा बिहीबार बिहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गरे ।

देशभर सुरु गरिएको खोप अभियान एकमहिनासम्म अर्थात आगामी वैशाख २५ गतेसम्म चल्नेछ । जसअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेरसमूहका ७५ लाख बालबालिकालाई खोप लगाइने छ ।

नेपालमा यो खोप पहिलो पटक दिइन लागिएको हो । सरकारले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ११ : ०० बजे

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक

त्रिदेशीय टी-२० सिरिज : नेपालद्वारा स्कटल्याण्डलाई २ विकेटले पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले