१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्री ओलीद्वारा आफु निकट नेताहरुसँग छलफल



काठमाडौं । आफुले गरेको निर्णयमाथि सर्वोच्च अदालतले एकपछि अर्को अंकुश लगाउँदै गएपछि दबाबका परेका प्रधानमन्त्री केपी शर्मा ओलीले निकट नेताहरुसँग छलफल गरेका छन् ।

पछिल्लो पटक एकै पटक २० जना मन्त्रीको नियुक्ति नै खारेज भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । त्यसक्रममा ओलीले अदालतलले सरकारको नियमित काममा अवरोध सिर्जना गरेको बताएका छन् ।

दैनिक कार्य संचालनमा समेत बाधा पुग्नेगरी निर्णयहुँदा समस्या उत्पन्न भएपनि अदालतको आदेश पालना गर्नुको विकल्प नभएको ओलीले बताएका छन् । तर, अब कसरी अघि बढ्दा ठीक हुन सक्छ भनेर ओलीले निकट नेताहरुसँग राय मागेका छन् । त्यसक्रममा माधव नेपाल समुहबारे पनि छलफल भएको छ ।

सत्तारुढ एमालेले सर्वोच्चको अन्तरिम आदेशबारे औपचारिक रुपमा केही बोलेको छैन । तर प्रवक्ता प्रदीप ज्ञवाली लगायतका कैयौं नेताहरुले भने अदालतको निर्णयले राजनीतिक जटिलता निम्त्याउने प्रतिक्रया दिएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलरबारसाँझ पदमुक्त गरिएका जसपाका ११ जनासहितका मन्त्रीहरुसँग छलफल गरेका थिए । ओलीले विकल्पहरु रहेको भन्दै तत्कालै मन्त्री निवास नछोड्न बरु झण्डा छोपेर गाडी चलाउन सुझाव समेत दिएका थिए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ११ : १३ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित