१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै नबसी स्थगित



बुटवल । विपक्षी गठबन्धनको बहिस्कार पछि आईतबार स्थगित भएर आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेशसभा संसद सचिवालयमा सूचना टाँस गर्दै प्रदेशसभाको दशौं बैठक १८ दिनको लागि स्थगित गरिएको छ ।

आइतबारको प्रदेश सभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।

आज बस्ने भनिएको बैठक भने सुरु नहुँदै प्रदेश सभा सचिवालयले सुचना टाँस गरि असार २७ गतेसम्मको लागि स्थगित गरिएको छ। ‘पूर्व सूचना अनुसार निर्धारित आठौं अधिवेशनको दशौं बैठक विशेष कारणवश स्थगित भएकोले आगामी दशौ बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल आषाढ २७ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’ सचिवालयमा टाँस गरिएको सूचनामा उल्लेख छ ।

बैठकमा बजेटका विषयमा छलफल प्रारम्भ भएलगत्तै विपक्षी गठकन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै अल्पमतको सरकारले बजेट प्रस्तुत गर्न नकिल्ने भन्दै बहिस्कार गरेका थिए । प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत सिद्ध गर्नु पर्ने माग राख्दै अल्पमतका मुख्यमन्त्रीको नेतृत्वको सरकार अस्किवार गर्ने विपक्षी गठबन्धनको अडान राखेका छन् । मुख्यमन्त्री नियुक्त हुँदा पदमुक्त भएका र पाटीृमा नभएका सांसदहरुको समेत हस्ताक्षर गरि मुख्यमन्त्री शंकर पोखरेलले दाबी प्रस्तुत गरेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ४६ बजे

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो