७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओली मन्त्रिपरिषदका २० मन्त्री बर्खास्त भएपछिको रणनीति बनाउन विपक्षी गठबन्धनको बैठक बुढानिलकण्ठमा सुरु



काठमाडौं । वर्तमान सरकारलाई काम चलाउ सरकारको करार दिँदै मन्त्री परिषद विस्तार गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको भोलिपल्ट ओली इतर विपक्षी गठबन्धनका सिर्स नेताहरु देउवा निवास बुढानिलकण्ठमा जुटेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विपक्षी ५ दलका नेताहरुबीच देउवा निवासमा बैठक बसेको हो।

बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् । त्यसैगरि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, जसपाका डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ तथा जनमोर्चाका नेता दुर्गा पौडेल बैठकमा सहभागी छन् ।

बैठकमा आजदेखि सर्वोच्च अदालतमा सुरु भएको प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाई तथा हिजो सर्वोच्चले गरेको निर्णयका विषयमा छलफल हुने एक नेताले बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : १७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११