७ चैत्र २०८२, शनिबार | March 21, 2026

१ महिना नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मुल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेलरमटितेल र हवाई ईन्धनको मुल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको छ । नयाँ मुल्य अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धनको आन्तरिक उडानमा पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ पुर्याईएको छ । अन्तर्राष्ट्रिय उडानमा अव ७३५ प्रति किलो लिटर अमेरिकी डलर तिर्नु पर्ने छ ।

खाना पकाउने ग्याँसको मुल्य भने निगमले यथावत कायम राखेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यसँग समायोजन गर्दा मुल्य बढाउनु परेको विज्ञप्ति मार्फत जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा मुल्य घट्दा भने निगमले घटाउँदै नघटाउने वा घटाएपनि अत्यन्त कम घटाउने गरेको छ भने बढाउनु पर्दा निगमको घाटा देखाउने गरेको छ । गत जेठ २२ गते मात्र निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ०७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा