७ आश्विन २०८३, बुधबार | September 23, 2026

आज देशभरका सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै



काठमाडौं । देशभरका सबै स्थानीयले तहले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् । अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

प्रदेशले बजेट सार्वजनिक गरेपछि स्थानीय तहले पनि बजेट सार्वजनिक गर्ने प्रचलन छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर स्थानीय तहका प्रतिनिधिले भने प्रदेशले बजेट सार्वजनिक गरेको १० दिनभित्र बजेट सार्वजनिक गर्न कठिनाई भएको गुनासो गर्दै आएका छन् ।

स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराइसकेका छन् ।

यस पटकको स्थानीय तहको बजेट पनि सङ्घीय र सबै प्रदेश सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य क्षेत्र नै हुने जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ८ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई