७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सुनुवाइ जारी



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस जारी छ ।

शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि निरन्तर बहसको क्रममा दोस्रो दिनको बहस सुरु भएको छ।

आज पनि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठसहितका अधिवक्ताहरुले बहस गर्दैछन् । बुधबार वरिष्ठ अधिवत्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता महादेव यादव, बद्रीबहादुर कार्की, गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए ।

सुरुमा १२ घण्टाको समय पाएका रिट निवेदक पक्षले भोलिसम्म बहस सक्ने योजना बनाएका छन् । हिजो बहस गर्नेहरुले १४९ जना सांसदको हस्ताक्षरसहित धारा ७६ को ५ अनुसार दाबी पेश गर्दा पनि राष्ट्रपतिले अस्वीकार गरेर असंवैधानिक काम गरेको जिकिर गरेका थिए ।

उनीहरुले राष्ट्रपतिलाई प्रतिनिधिसभाभित्र हुने फ्लोर टेस्ट गर्ने अधिकार नभएको जिकिर गर्दै एमाले वा माओवादीका तत्तले सांसदले भोट हाल्न नपाउने भन्ने तपाईं को भन्दै राष्ट्रपतिलाई प्रश्न गरेका थिए ।

रिट निवेदकका तर्फबाट बहस सकिएपछि विपक्षी सरकार पक्षका कानून व्यवसायीहरुले १५ प्रतिरक्षा बहस गर्नेछन् । विपक्षीका तर्फबाट सभामुख अग्निप्रसाद सापकोटाका वकिलहरुले पनि बहस गर्नेछन् । विपक्षीको बहस सकिएपछि पुनः रिट निवेदक पक्षका वकिलहरुले थप ३ घण्टा बहस गर्नेछन् भने एमीकस क्यूरीका चार जनाले २ घण्टा बहस गर्नेछन् ।

कानुन व्यवसायीले वकालातनामा दर्ता गराएका छन्।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  १२ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई