२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोपा अमेरिका : बोलिभियालाई हराउँदै उरुग्वे अन्तिम आठमा प्रवेश



काठमाडौं । उरुग्वेले कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ । पहिलो जितसहित उरुग्वे अन्तिम आठमा प्रवेश गरेको छ ।

शुक्रबार विहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए । यो जितपछि उरुग्वे नकआउट चरणमा पुगेको छ ।

उरुग्वेको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ । त्यस्तै बोलिभियाको भने यो लगातार तेस्रो हार हो । समुह ए मा रहेको उरुग्वेसहित यस समूहबाट अर्जेन्टिना, चिली पनि नकआउट चरण अर्थात क्वाटरफाइनलमा पुगिसकेका छन् ।

त्यस्तै समुह बि बाट भने अहिलेसम्म ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा पुगेका छन् । प्रतियोगिता अन्तरगत अहिले चिली र पाराग्वेबीचको खेल जारी छ । कुल दश टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजित छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ४४ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन