११ चैत्र २०८२, बुधबार | March 26, 2026

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पुर्याउने जनाएको हो ।

यस्तै गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताए ।

गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउदै लगिने र त्यसका लागि विद्यालयहरुमा इन्टरनेटलगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ ।

विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ ।

पालिकाको बिहीबार सम्पन्न १० औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि रु ४२ करोड २९ लाख ६८ हजार २९० को बजेट प्रस्तुत भएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ०६ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई