११ चैत्र २०८२, बुधबार | March 26, 2026

माओवादी त्यागेर एमाले बनेका १४ जनप्रतिनिधि पदमुक्त (सूचीसहित)



काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले)मा गएका १४ जना जनप्रतिनिधि पदमुक्त भएका छन ।

शुक्रबार निर्वाचन आयोगले सूचना प्रकाशित गरी उनीहरूको पद रिक्त भएको जनाएको छ । माओवादी छाडेर एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिलाई माओवादीले हटाएको थियो ।

माओवादी केन्द्रको असार ७ गते बसेको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । आयोगले माओवादीको सिफारिशमा उनीहरूको पद रिक्त भएको आज सूचना जारी गरेको हो ।

माओवादीले हटाएका जनप्रतिनिधिमा रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको रहेका छन ।

त्यस्तै, रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटालाई पनि हटाइएको छ ।

हटाइएका १४ जनप्रतिनिधि :

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ३७ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई