१८ माघ २०८२, आइतबार | February 2, 2026

सवारी अनुमति पत्र नवीकरणः निषेधाज्ञाको जरिवाना मिनाहा भएन



काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ ।

निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन ।

बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण, ट्रायल पास, राजस्व संकलन, सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ । कार्यालयले सूचनामा नै निषेधाज्ञा अवधिमा सवारी चालक अनुमतिपत्रको अन्तिम म्याद सकेर जरिमाना लागेको भए जरिमाना छुटसम्बन्धी कुनै निर्णय नभइञ्जेल नियमानुसार जरिमाना लिई नवीकरण गरिने उल्लेख गरेको छ ।

निषेधाज्ञाको ५४ दिनपछि अन्य यातायात कार्यालयले सेवा पुनः सुरु गरेका छन् । तर, उनीहरूले पनि निषेधाज्ञा अवधिको छुट व्यवस्था गरेका छैनन् । सबै कार्यालयले छुटसम्बन्धी कुनै व्यवस्था नभएको भन्दै निषेधाज्ञा अवधि छुट लिन थालेका हुन् । सम्बन्धित मन्त्रालय तथा विभागले समेत यसमा कुनै निर्णय गरेका छैनन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठुलो भ(याङले मंगलबारदेखि सेवा सुरु गरेको छ ।

सो कार्यालयले सवारी चालक अनुमतिपत्र नवीरकणका लागि ७०, ट्रायल परीक्षा उत्तीर्ण परीक्षार्थीको राजस्व कोटा ७०, सवारीचालक अनुमतिपत्र वितरण २ सय कोटा निर्धारण गरेको छ । ललितपुर कार्यालयले अनुमतिपत्र नवीकरणका लागि सय, ट्रायल पास राजस्व संकलनका लािग सय र सवारी चालक अनुमतिपत्र वितरण कालागि दुई सय कोटा निर्धारण गरेर शुक्रबारदेखि सेवा सुरु गर्ने जनाएको छ ।

सरकारले गत १६ वैशाखदेखि जारी निषेधाज्ञा सोमबारदेखि खुकुलो बनाइएको हो । सोमबारदेखि नै सरकारले निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा खुल्ला गरेको छ । सार्वजनिक यातायात भने अझै खुलेको छैन । आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ४२ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन