१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

धनुषाका पाँच स्थानीय तहले ल्याउन सकेनन नीति तथा कार्यक्रम र बजेट



धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन ।

जिल्लाका १८ मध्ये पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो ।

असार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन जिल्लाका एक उपमहानगरपालिका, ८ नगरपालिका र ४ गाउँपालिकाले एकै दिन बजेट पारित गरेका छन् ।

गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिकाले आवश्यक तयारी नपुगेको भन्दै निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ ।

त्यस्तै निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउने स्थानीय तहमा जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, हंसपुर नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, नगराईन नगरपालिका, विदेह नगरपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका छन् ।

तीमध्ये क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाले बुधवार र बाँकीले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार, मिथिला नगरपालिकाले ६५ करोड १८ लाख ५० हजार २३० रुपैयाँ २० पैसा, हंसपुर नगरपालिकाले ६२ करोड ८० लाख ५६ हजार, क्षीरेश्वरनाथ नगरपालिकाले ६१ करोड २४ लाख ६१ हजार, धनुषाधाम नगरपालिकाले ५६ करोड ५१ हजार, सबैला नगरपालिकाले ६३ करोड ५२ लाख ५० हजार, नगराईन नगरपालिकाले ४७ करोड १९ लाख, विदेह नगरपालिकाले ५९ करोड, मिथिला बिहारी नगरपालिकाले ५० करोड ५५ लाख ५५ हजार, औरही गाउँपालिकाले ३८ करोड १९ लाख ५० हजार, लक्ष्मीनिया गाउँपालिकाले ३० करोड ३० हजार, मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४६ करोड ३५ लाख ३८ हजार ६८२ र बटेश्वर गाउँपालिकाले ३६ करोड १५ लाख ५० हजारको बजेट ल्याएको छ ।

बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायत क्षेत्रलाई प्राथमिकता दिएका छन् । रासस

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४७ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई