२३ बैशाख २०८३, बुधबार | May 6, 2026

मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातिय विवाह



धनुषा । जिल्लाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिकरुपमा दाइजोमुक्त अन्तरजातिय विवाह गरेका छन् ।

सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७ औँ प्रकट दिवसको अवसरमा आयोजित समारोहमा शुक्रबार २१ जोडीले सामूहिक अन्तरजातिय विवाह गरेका हुन् ।

गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए । उनका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।

कबिर जयन्तीका अवसरमा उहाँको सम्झनामा प्रत्येक वर्ष मनाइने ‘कबिर परमेश्वर प्रकट दिवस’ आज यहाँ विविध कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ । सन्त रामपालजी महाराजका अनुयायीद्वारा यही असार ६ गतेदेखि ८ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो ।

असार ६ गते पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको भट्टले बताए । उनका अनुसार दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका छन् । अनुयायीहरुले दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान गरेका छन् ।

कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंहलगायत प्रदेशका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : ५० बजे

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन