२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्रधानमन्त्रीका लागि गठबन्धनलाई धोका दिन सक्दिन : एमाले वरिष्ठ नेता नेपाल



काठमाडौं । नेकपा एमाले भित्र वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर पनि एकता जोगाउनु पर्ने प्रस्ताव आएका बेला वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको स्विकार गर्दै उनले गठबन्धनलाई धोका दिएर आफूले प्रधानमन्त्री स्वीकार नगर्ने बताए ।

विपक्षी गठबन्धनले आज पत्रकारहरुसँग गरेको छलफलमा बोल्दै नेपालले जुन प्रक्रियाबाट गठबन्धनअगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा आफु नरहेको बताए । उनले देउवाको समर्थनमा गरेको हस्ताक्षर पनि फिर्ता लिने पक्षमा नरहेको स्पष्ट पारे ।

एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्ने बताउन थालेका छन् । गण्डकी प्रदेशका हालै अपदस्त भएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुंगले नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाएर भएपनि एमालेको एकता जोगाउनु पर्ने बताएका थिए ।

तर नेता नेपालले भने पदका लागि गठबन्धनलाई धोका दिन नसक्ने बताएका छन् । उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन ।

राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उनले ओलीसँग सहकार्यको सम्भावना नरहेको बताए । ओलीमा सत्ता उन्माद रहेको भन्दै नेता नेपालले भने, ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई यही भएको हो ।’

नेकपामा रहँदा पनि प्रधानमन्त्री पद त्याग्नुपरे कुर्सी भाचिदिन्छु भनेको प्रसँग निकाल्दै नेता नेपालले अहिले पनि त्यो ओलीमा त्यो प्रवृत्ति कायमै रहेको बताए ।

एमाले नेता नेपालले आफूहरुको लडाई ओलीविरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : १९ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना