१९ माघ २०८२, सोमबार | February 2, 2026

पोर्चुगल युरोकप फुटबलबाट बाहिरियो, बेल्जियम क्‍वाटरफाइनलमा



काठमाडौं । बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभियामा सोमबार बिहान भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।

योसँगै पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिएको छ । विंगर थोर्गन हाजार्डले गरेको गोल नै बेल्जियमलाई जित दिलाउन प्रयाप्त बन्यो । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग खेल्ने छ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको थियो ।

हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो । थोमस मुनिएरले बायाँ विंगमा दिएको पासलाई थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुइ प्याट्रीसिओले बचाउन सकेनन् ।

पहिलो हाफमा पोर्चुगलले लगातार आक्रमण बुनेपनि बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन । खेलको छैटौं मिनेटमा नै रेनातो सान्चेसले मिडफिल्डमा बल खेलाउँदै दिएको अन्तिम पास डिओगो जोटाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो ।

२५ औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले विफल पारेका थिए । रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन् । दोस्रो हाफको सुरुवातमा नै चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएनलाई बाहिरिएका थिए । ५४ औं मिनेटमा रोनाल्डोको प्रहारलाई डिफेन्डर थोमस भर्मालेनले रोकेका थिए । ६१ औं मिनेटमा जोआओ फेलिक्सको हेडर सिधै गोलरक्षक कोर्टुवाले सहजै नियन्त्रणमा लिए ।

८३ औं मिनेटमा राफाएल गुरेरोको प्रहार पोस्टमा लागेर फर्कंदा पोर्चुगल खेल बराबर गर्नबाट चुकेको थियो । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गुरेरोले गरेको प्रहारमा गोलरक्षक कोर्टुवा बिट भएपनि पोस्ट बाधक बन्यो । ८६ औं मिनेटमा आन्द्रे सिल्भाको प्रहारलाई गोलरक्षक कोर्टुवाले दोस्रो प्रयासमा बचाएपछि खतरा टरेको थियो । इन्ज्युरी समयमा फेलिक्सको प्रहार बाहिरिँदा पोर्चुगल प्रतियोगिताबाटै बाहिरियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ०६ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन