७ आश्विन २०८३, बुधबार | September 23, 2026

विपक्षी गठबन्धनले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्तासँग अन्तर्क्रिया गर्दै



काठमाडौं । विपक्षी गठबन्धनले आज समाजमा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुसँग अन्तर्क्रिया गर्दैछन् ।

दिउँसो २ बजे डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरूसँग गठबन्धनका शीर्ष नेताले अन्तर्क्रिया गर्न लागेका हुन् ।

अन्तक्र्रिया कार्यक्रम संसदभवनको ल्होत्से हलमा हुने भएको छ । आज नागरिक समाजका अगुवा, लेखक बुद्धिजीविहरुसँग अन्तर्क्रिया गर्ने भनिएको भएपनि त्यसलाई बुधारबार सारेर डाक्टर इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरुसँग अन्तर्क्रिया हुन लागेको हो ।

अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राजमो उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताको सहभागिता हुनेछ ।

यसअघि गठबन्धनले संचारमाध्यमका सम्पादक र राजनीतिक बिटमा काम गर्ने संचारकर्मीहरुसँग अलगअलग अन्तर्क्रिया गरिसकेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध कानूनी र राजनीतिक संघर्षमा उत्रिने निर्णय गरेको गठबन्धनले केही दिन अघि संघर्षको कार्यक्रमकै स्वरुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग अन्तर्क्रिया गर्ने घोषणा गरेको थियो ।

सर्वोच्च अदालतमा गठबन्धनका नेता शेरबहादुर देउवा सहित १४६ सांसदले दायर गरेको रिटमाथि सुनुवाइ भैरहेको छ । अदालतमा सुनुवाइ जारी रहेका बेला गठबन्धनले प्रतिनिधिसभा विघटन विरुद्ध निरन्तर दबाब बढाउँदै गएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई