२२ भदौ २०८३, सोमबार | September 8, 2026

कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक जारी



काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गठबन्धनको बैठक सुरुभएको छ ।

कोटेश्वरस्थित वन पैदावार महासंघको कार्यालयमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, एमालेका माधव नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी भएका छन् ।

कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड रहेका छन् । यसैगरी माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नाारयणकाजी श्रेष्ठ, वर्षमान पुन रहेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, महेन्द्र राय यादव सहभागी छन् भने एमाले नेपाल पक्षको तर्फबाट माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि अबको रणनीति कसरीअघि बढाउने भन्ने विषयमा गठबन्धनले छलफल गर्न लागेको हो । गठबन्धनका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा २८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि गठबन्धन उत्साहित भएको छ ।

बैठकमा एमाले नेता माधवकुमार नेपालको पनि सहभागिता भएपछि गठबन्धनका अन्य दलहरुले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : २१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार