१८ माघ २०८२, आइतबार | February 1, 2026

रुपन्देहीमा निषेधाज्ञा खुकुलो बनाइदै एक साता थपियो, जोर-विजोर प्रणालीबाट सार्वजनिक सवारी संञ्चालन गरिने



बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक हप्ता थपिएको छ ।

आज बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । जिल्लामा भोलिदेखि आधा मात्र यात्रु राखेर जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन संञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

केहीबेर अघि यातायात व्यवसायीसँग बैठक बसी सम्पूर्ण मापदण्ड अपनाउँदैं सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको उनको भनाई । त्यस्तै बैठकले सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा नीजि सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त निषेधाज्ञाको अवधि आज रातीदेखि सकिन लागेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो ।

यस्तै माछा मासु तरकारी फलफुल दुधजन्य साम्रगीहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । भने अन्य व्यवसायहरु ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न पाइने भएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/jpg2pdf-1.pdf” title=”jpg2pdf (1)”]

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ४७ बजे

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको