४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी प्रदेशमा थप ४३१ जनामा कोरोना पुष्टि, ४०८ जना संक्रमणमुक्त



पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार ४५८ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९२ जना, गोरखाका ४७ जना, लमजुङका तीन जना, नवलपुरका ८२ जना र स्याङ्गजाका ३० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १०९ जना, बागलुङका ५३ जना र म्याग्दी जिल्लाका १५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ५५ हजार ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ४०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ३९५ पुगेको छ ।

सोमबार पनि प्रदेशमा ६ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका विभिन्न वडाका तीन जना, नवलपुरका एक जना, बागलुङका एक जना र गोरखाका एक जना छन् ।

आज मृत्यु भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको